रौतहटमा सिमा नाका खोल्न नागरिक समाजको धर्ना जारी

 रौतहटमा लामो समय देखिको बन्द रहेको नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको नेतृत्वमा सर्व पक्षीय राजनितिक दलहरुको समर्थनमा शुरू भएको प्रदर्शन सँगै हुदै आएको धर्ना कार्यक्रम मंगलबार पनि जारी रहेको छ । निरन्तर रुपमा मंगलबार १३ औ दिनसम्म पनि सिमा नाका खुलाउन माग गर्दै धर्ना कार्यक्रम सञ्चालन भइरहेका नेपाल नागरिक समाज रौतहटले जनाएको छ । रौतहट सिमा नाका नखुलेसम्म आफना बिरोध कार्यक्रम नरोकिने समाजले बताएको छ । नेपाल भारत विच सहज रुपमा हुदै आएको आवागमन सीमा बन्द भएको कारण जटिल भएकोले दुवै देशको आम नागरिकको समस्या समाधान गर्नको लागि सीमा नाका खोल्नु पर्ने आवश्यक भएकोले सुचारु गराउन नेपाल सरकार माथि दवाव सृजना गर्ने उदेश्यले नागरिक समाजको अगुवाईमा गौर भन्सार कार्यालयको गेट अगाडी शांन्ति पूर्ण धर्ना कार्यक्रम सञ्चालन गरिएको हो । कोरोना भाइरसको प्रकोप नियंत्रण गर्नका लागि नेपाल सरकारले गएको चैत्र ११ गते देखि नेपाल भारत सीमा बन्द गरेकोमा अहिले सम्म निरन्तरता दिइएको छ । सीमा सील भएका कारण सर्वसाधारण जनतालाइ सास्ति खेप्नु परिरहेको नागरिक समाजका अध्यक्ष जग्गनाथ प्रसाद केसरीले बताउनु भएको छ । नेपाल सरकार प्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष केसरीले नेकपा नेतृत्वको सरकारले मधेशी जनतालाई नियत बस विभेद गरेको आरोप लगाउनु भयो । चीनबाट भाइरस आउदा त्यसको सीमा खोल्ने र भारतको सिमा बन्द गरेर राख्ने कार्य सरकारको विभेदपूर्ण रहेको समेत उहाले जिकिर गर्नु भयो । करीव ९ महीना देखिको सीमा नाका बन्द भएको कारण नेपाल र भारत विचको सम्वन्ध माथि गम्भिर असर परेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भयो ।

16 Push 077 final